दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एकजना घाइते
पाेखरा | बैशाख २६, २०८१
पोखरा: दमौलीबाट पोखरा आउँदै गरेको बस रुपा गाउँपालिका–५ बित्यानीमा दुर्घटना हुँदा एकजना यात्रु घाइते भएका छन् ।
दमौलीबाट पोखरा आउँदै गरेको ग १ ख ७८०७ नम्बरको यात्रुवाहक बस रुपा गाउँपालिका–५ बित्यानीमा आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
बस दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ घर भएका ६० वर्षीय सोमबहादुर परियार घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचनाअधिकारी मिनबहादुर खड्काले जानकारी दिए ।
घाइते परियारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दमौली–पोखरा सडक खण्ड निर्माणाधिन रहेकाले बस भित्री सडकबाट पोखरा आउँदै गर्दा बित्यानीमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

